जीप दुर्घटनामा २ जनाको मृत्यु, ९ जना घाइते

4.73K
shares

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।
चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप गएराति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083