चीनकै एक डाक्टरले पत्ता लगाए कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

Nepal Life Insurance Long Ad

एजेन्सी।

विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात “कोभिड १९” विरुद्धको औषधि चीनकै एक डाक्टरले विकास गरेका छन् । चीनकै वुहानमा पहिलोपटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ ।

विश्वमै तीव्र रूपमा यसको भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चीनकै डाक्टरले कोरोना विरुद्धको ‘भ्याक्सिन’ विकास गरेका हुन् । चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरेका हो ।

यो भ्याक्सिन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले विकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इफेक्ट देखाएका थिएन ।

मुखबाट लिनसकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘भ्याक्सिन’को बिकास सँगै सो विश्वविद्यालयले औषधिलाई क्लिनिकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका हुन् ।

कोरोना भाइरसका काराण मंगलबारसम्म २७ सय एक जनाको मृत्यु भइसकेको छ । चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्यान लिएको तथ्याङ्क छ ।

गत सोमबार मात्रै एकैदिन चीनमा ७१ जनाको मृत्यु भएको थियो। जसमा हुबेई प्रान्तमा मात्रै ६८ जनाको मृत्यु भएको थियो । त्यसैगरी चीनमा एकैदिन ५ सय ८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गइसकेको छ । त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी चीनपछि सबैभन्दा कोरोना प्रभावित मुलुक दक्षिण कोरियमा ११ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म ११ मानिसको मृत्यु भएको हो भने ९ सय ७७ जनामा यसको संक्रमण देखिएको छ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...