नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा पनि कोरोना भाइरसको संक्रमण
वि.सं.२०७६ चैत ३ सोमवार १२:०९
6.15K
shares
shares

मुक्तिखबर,काठमाडौं ।
भारतमा कोरोना भाइरसको संक्रमण बढेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमितको संख्या ११० पुगेको छ ।नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा पनि संक्रमित भेटिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । यसअघि नेपालसँग नै सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
उत्तर प्रदेशमा आइतबार पनि एकजना संक्रमित थपिएका छन् ।भारतमा सबैभन्दा बढी मुम्बईमा संक्रमित भेटिएका छन् । संक्रमित भेटिएपछि भारत सरकारले भीसा बन्द गर्ने देखि सीमामा कडाई सम्मको कदम चालिसकेको छ ।































