विज्ञहरुको विवरण सङ्कलन गर्दै नास्ट

6.31K
shares

चितवन । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि सकेर विदेशमा रहेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरुको यथार्थ विवरण सङ्कलन गर्ने उद्देश्यले ‘हु इज हु इन साइन्स एन्ड टेक्नोलोजी डिरेक्टरी’ प्रकाशन गर्ने कार्यको थालनी यसै वर्षदेखि शुरु गरेको छ ।

उक्त ‘डिरेक्टरी’ प्रकाशनार्थ आवश्यक तथ्याङ्क सङ्कलन गर्न नास्टले आफनो होमपेज धधध।लबकत।नयख।लउ भित्र प्रवेश गरी ‘हु इन हु लिङ्क’ ९जततउस्ररधधध।लबकत।यचन।लउरधजय ष्क धजयर० मार्फत फारम भर्न सकिने व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा नास्टको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन र कार्यक्रमको उद्देश्यमाथि थप प्रकाश पार्न नास्टको प्रतिनिधित्व गर्दै ‘डिरेक्टरी’ प्रकाशन समितिका सदस्य एवं नास्टका वैज्ञानिक अधिकृत डा। तीर्थराज घिमिरे र प्रकाशन समितिका सदस्य सचिव एवं नास्टका प्रवद्र्धन अधिकृत श्री ज्योतिप्रसाद फुयालद्वयको संयोजनमा हालै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा एक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले नास्टद्वारा शुरु गरिएको ‘डिरेक्टरी’ ले राजधानीबाहिर रहेका वैज्ञानिक एवं प्राविधिकहरुमा रहेको विज्ञता चिनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रकाशोन्मुख ‘डिरेक्टरी’ केवल एक वर्षका लागि मात्र प्रकाशित नगरी प्रत्येक वर्ष अद्यावधि गर्न सुझाव दिनुभयो ।

सहप्राध्यापक डा।निराजन भट्टराईले प्रकाशोन्मुख ‘डिरेक्टरी’ मा वैज्ञानिक एवं प्राविधिकहरुले प्रकाशन गरेका कृतिहरुको विवरण पनि समावेश गर्दा अझ राम्रो हुने बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083