फाल्गुनन्द जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

5.55K
shares

काठमाडौं । इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ। यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन्। गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरिएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।

महागुरु फाल्गुनन्दलाई सरकारले विसं २०६६ मा १६औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो। विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको चुक्चिनाम्बामा जन्मिएका महागुरुको जन्मजयन्तीका अवसरमा रुपाटारस्थित किराँत मन्दिरमा किराँत धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन्।

किराँत धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्दको बसोवास रहेको स्थल माङसेबुङ गाउँपालिकाको लारुम्वामा किराँत धर्मानुरागीहरूले पूजापाठ गर्ने गरेका छन्।