निर्वाचन ऐन संशोधन गर्न आयोगद्धारा सरकारको ध्यानाकर्षण

Nepal Life Insurance Long Ad

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् । देशका २८ वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरु रिक्त रहेका छन । सोही पदमा निर्वाचन गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु परेको प्रवक्ता सुवेदीले बताए ।

सरकारले ऐन बनाएर निर्वाचनको मिति तोक्ने वित्तिकै निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रवक्ता सुवेदीले निर्वाचन गराउने दायित्व पूरा गर्न आफूहरु तयार रहेपनि सरकारले आवश्यक कानूनको समेत व्यवस्था गर्न नसकेको गुनासो गरे ।

निर्वाचन आयोगले निर्वाचन गराउने आफ्नो संवैधानिक दायित्व अन्तरगत मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कामलाई निरन्तरता दिँदै आएको छ । संवैधानिक दायित्व अनुसार सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् मतदाता नामावली संकलन, अध्यावधिक लगायतका काम भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

निर्वाचन ऐन अनुसार सरकारले मिति तोकेपछि मात्रै आयोगले निर्वाचनको तयारीको कामलाई अगाडि बढाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले निर्वाचनलाई सहज बनाउन मिति तोक्ने अधिकार आयोगलाई नै दिन सरकारसँग पटक-पटक आग्रह गर्दै आएको छ ।

संवैधानिक व्यवस्था अनुसार मृत्यु भएर तथा विभिन्न मुद्दामा परेर राजीनामा दिएका कारण देशका विभिन्न गाउँपालिका, नगरपालिका र प्रदेश सभाका रहेका रिक्त पदमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, त्यसका लागि सरकारले कानुनी व्यवस्थासमेत गर्न नसकेको निर्वाचन आयोगको गुनासो छ ।

प्रवक्ता सुवेदीले सरकारले आवश्यक कानूनको व्यवस्था गरेर मिति तोकि दिए रिक्त रहेका पदहरुको निर्वाचन गराउन आयोग तयार रहेको पनि स्पष्ट पारे ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...