निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी, सरकार थप आलोचित

6.47K
shares

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित बनेको छ । निर्मलाको न्यायको लागि दवाव दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो ।

‘एशिया प्यासिफिक समिटिमा माइतीघर भीभीआईपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनु भन्ने सरकारको निर्देशन थियो । तर त्यही दिन प्रदर्शनमा आएका समूहका १२ जनालाई नियन्त्रणमा लिएका हौं’ महानगरीय प्रहरी प्रमखु काठमाडौंका प्रमुख बसन्तकुमार लामाले भने, ‘यही बीचमा एक प्रहरीले पोस्टर च्यातिदिएछन् । हामी घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्छौँ ।

निर्मलाको पोस्टर च्यात्न कुनै निर्देशन नआएको पनि उनले बताए । समाचारमा देशका विभिन्न स्थानमा निर्मलाको न्यायको लागि दवाव दिँदै टाँसिएको पोस्टर प्रहरीले च्यातेको पनि उल्लेख गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083