गरीबी र अशिक्षा नै मानव बेचबिखनका मुख्य कारण : महान्यायधिवक्ता ‘खरेल’

वि.सं.२०७५ मंसिर २१ शुक्रवार १६:२७
shares

काठमाडौं । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताएका छन् ।
माइती नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइका साथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गरिएको जानकारी दिए ।
उनले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्त गर्दै मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिए ।अदालतले पटकरपटक मानव बेचबिखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गरे ।
कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराइन् ।
उनले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचबिखन हुने गरेको बताइन् । माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले कानूनी हकअधिकारमा पीडित अनभिज्ञता हुनु बेचबिखनको मुख्य कारण भएको बताए ।