म्यानपावरको ठगी धन्दा बढ्दै

6.73K
shares

काठमाडौं। वैदेशिक रोजगारका नाममा म्यानपावर व्यवसायीको ठगी धन्दा बढ्दै गइरहेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पीडितका व्यक्तिगत उजुरी भन्दा म्यानपावरले ठगेका उजुरी बढदै गएपछि म्यानपावरको ठगी बढ्दै गएको पाइएको हो।

म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारमा कामदार पठाउने क्रममा एउटा काम भनेर अर्को काममा पठाउने, श्रम समझदारी पत्र अनुरुप सेवा सुविधा काममा नहुने, श्रमिक परदेशमा अलपत्र परेको अवस्थामा उद्धारको पहल नगरी बेवास्ता गर्ने जस्ता विभिन्न ठगी म्यानपावर व्यपसायीले गर्दै आएको पाइएको छ।

वैदेशिक रोजगारमा जाने सोझा श्रमिकलाई पटक पटक ठगी गरेर व्यवसायीले दुख दिएको गुनासो विभागमा भेटिने पीडित नै गर्छन्। म्यानपावर विरुद्ध वैदेशिक रोजगार विभागमा परेका सयौँको संख्यामा उजुरीहरुले म्यानपावर व्यवसायीको डरलाग्दो ठगी तथ्य उजागर गरेको देखिन्छ।

एउटै म्यानपावर कम्पनी विरुद्ध १६ वटा उजुरी

चालू आर्थिक वर्षको चार महिनामा एउटै म्यानपावर कम्पनी विरुद्ध १६ वटा सम्म उजुरी परेको विभागले जनाएको छ। युवालाई रोजगारमा पठाउँदा लाखौँ पैसा खर्चेर गएपनि काम नपाइ अलपत्र परेर फर्कनु पर्ने, एउटा काममा भनेर अर्कै जटिल काममा पुर्याउने लगाएतका माध्यमबाट ठगी गरेपछि पीडितहरुले एउटै म्यानपावर कम्पनी विरुद्ध ४ महिनामा १६ वटा सम्म उजुरी परेको विभागले जनाएको छ।

आर्थिक वर्षको ४ महिनाको अवधिमा सुनेरा नेपाल इनकोअपरेट प्रालि ९३६७ लाइसन्स नम्बर ० का नाममा १६ वटा उजुरी पीडितले दर्ता गराएको विभागले जानकारी दिइएको छ । चार महिनाकै अबधिमा एसोसियट्स वेलकम इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालि ९लाइसन्स नं १०२२० विरुद्ध १५ वटा मुद्धा दर्ता भएको विभागले उल्लेख गरेको छ ।

यसैगरी विभागमा पाथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रालि (लाइसन्स नं ६०७) का नाममा १४ वटा उजुरी परेका छन् । डाइनामिक ग्लोबल एचआर प्रालि लाइसेन्स नं ७३१ का नाममा १२ वटा उजुरी विभागमा दर्ता भएका छन्। ५० वटा भन्दाबढी म्यानपावर कम्पनी विरुद्ध विभागमा पीडितको उजुरी आउने गरेको विभागले जानकारी दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083