विश्वास निर्माण र मानसिकता परिवर्तन गराउन प्रयास गर्छु : प्रस्तावित राजदूत आचार्य

वि.सं.२०७५ मंसिर २३ आइतवार १४:५८
shares

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा प्रस्तावित नीलाम्बर आचार्यले नेपाल र भारतबीच रहेका आशंका निवारण गरी विश्वासको वाातवरण निर्माण गर्ने र नेपाल बारेको भारतीय मानसिकता परिवर्तन गर्न आफूले भूमिका खेल्ने बताएका छन् ।
संसदीय सुनुवाई विशेष समितिमा आइतवार सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रस्तावित राजदूत आचार्यले नेपाल–भारत सम्बन्ध नयाँ मोडमा पुगेको र यसका लागि योगदान दिन आफू राजदूत बन्न लागेको बताएका हुन् । जागिर खानका लागि राजदूत बनेर जान लागेको होइन, अहिलेका चुनौती सामना गर्न जान लागेको हो,ʼ आचार्यले भने, ʻभारतसँगको सम्बन्ध सुधार्न कठोर मेहनत गर्नुपर्नेछ ।
नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यले प्रबुद्ध समूहको प्रतिवेदन बुझ्नमा भइरहेको ढिलाइबारे धेरै आशंका गर्नु नपर्ने उनले बताए । इपीजीको प्रतिवेदन सार्वजनिक आएपछि धेरै कुरा सजिलो हुनेछ, समस्या औंल्याएको छ र समाधानको बाटो खोलेको छ,ʼ आचार्यले भने । संसदीय सुनुवाई समितिले अनुमोदन गरेमा आचार्य राजदूत नियुक्त हुनेछन् ।