पुर्व मन्त्री लेखराज भट्टलाई डोटीमा देखाइयो कालो झण्डा
वि.सं.२०७५ मंसिर २३ आइतवार १४:४८
shares

डोटी । नेकपाका स्थायी समिति सदस्य तथा पुर्व पुर्व मन्त्री लेखराज भट्टलाई डोटीमा देखाइयो कालो झण्डा लाई उनको पुर्खौली जिल्ला डोटीमा कालो झण्डा देखाइएको छ ।
पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हुन् । सहिद स्मृति आवासीय बिद्यालयको कार्यक्रमका लागि डोटी पुगेका भट्टलाई नेबिसंघ, नेपाल तरुण दल तथा लेखक संघको संयूक्त टोलीले आईतवार कालो झण्डा देखाएको हो । जिम्मेवार नेतृत्वबाट डोटीका विरुद्धमा गैर जिम्मेवारी र तथ्यहिन अभिव्यक्ति दिदैं गोदावरीको जंगलमा राजधानी सारिनु र प्रदेशको नाम सुदूरपश्चिम राख्नु आपत्ति जनक कुरो हो । नेबिसंघका पुर्व केन्द्रीय सदस्य विजय ओझाले भने,‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीकाबिरुद्ध नेबिसंघ सधैंभरी लागी रहनेछ ।
पुर्व मन्त्री भट्टले डोटी बिरोधी कार्य गरेको भन्दै नेबिसंघले नाराबाजी सहित प्रदर्शन गरेको थियो । कैलालीको अत्तरिया निवासी तत्कालिन माओवादी केन्द्रका नेता भट्ट अत्तरियाको गोदावरी जंगलमा राजधानी बनाउने मुख्य योजनाकार हुन् । उनको पुर्खौली घर भने डोटी हो ।
यसअघि नेता भट्टले डोटीमा १०-१५ जना बस्नका लागि पनि ठाउँ नभएको भन्दै सञ्चार माध्यममा अन्तरवार्ता दिएपछि डोटीमा भट्टको पुत्लादहन समेत गरिएको थियो । डोटीका बिरुद्धमा प्रदेशमा मत हाल्ने नेता, मुकदर्शक बनेर बस्ने डोटीबाट निर्वाचित सांसद लगायत सबैलाई कालो झण्डा देखाइने, डोटीमा रोक लगाउने, टिन बजायर भगाउने जस्ता योजनाहरु बनाइएको नेपाल तरुण दलका नगर सभापती लालबहादुर कठायतले बताए ।
दिपायलबाट राजपुरसम्म प्रदर्शनकारी चढेर गएको शैलेश्वरी यातायात व्यवसायी समितिको से १ ज ५३१ नम्बरको जीप प्रहरीले एक घण्टा नियन्त्रणमा लिइ छोडेको छ । प्रदर्शनकारी बोकेर ल्याएको आरोपमा प्रहरीले उक्त जीप नियन्त्रणमा लिएको जनाएको छ । जनताले शान्तिपुर्ण तरिकाले प्रदर्शन गर्न पाउँने, बिरोध गर्न पाउँने प्रजातान्त्रीक हकको सरकारले हरेक ठाउँमा दमन गर्दै प्रति नेपाली कांग्रेस डोटीका सदस्य जित खड्काले आपत्ति जनाएका छन् ।




























