किन दिएन भारतले ३३ किलो सुन, भन्यो पित्तल मिसिएको नक्कली रहेछ

4.91K
shares

काठमाडौं । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको ३३ किलो सुन भारतको कलकत्तामा त भेटियो, तर उक्त नेपाल कसरी ल्याउने भन्नेबारे अन्यौल सिर्जना भएको छ । भारतीय डिआरआई ९राजस्व अनुसन्धान विभाग० ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कलकत्ता हाईवेस्थित दानकुनी टोल प्लाजामा नेपालको विभानस्थलबाट बाहिरिएको भनिएको ३३ किलो सुन बरामद गरेको थियो ।

मारुती स्विफ्ट कार सर्च गर्दा फेला परेको ठूलो परिमाणको उक्त सुन विदेशबाट आएको र सुन लिएर हिँडेका दुईजना नेपाली नागरिक भएको पुष्टि गर्दै डिसेम्बर १३ मा भारतिय पक्षले कलकत्तास्थित महावाणिज्य दूतलाई पत्र पठाएको छ । कलकत्ता स्थित नेपालका लागी महावाणिज्य दूत एकनारायण अर्याललाई डिसेम्बर १३ मा भारतीय राजस्व अनुसन्धान निर्देशनालयका डेपुटी डिरेक्टर दिपंकर आरेनले लेखेको पत्रमा भनिएको छ, ‘मारुती स्विफ्टको गियर बक्सको भित्रपट्टी बनाएको विशेष बक्समा फेला परेको सुन ओसारपसारमा संलग्न राकेस प्रसाद र हेम प्रसाद शर्मा नेपाली नागरिक भएको उनीहरुको बयानबाट खुलेको छ ।

भारतीय राजस्व अनुसन्धान निर्देशनालयले यसरी नेपाली नागरिकबाट सुन बरामद गरेको कुरा जानकारी गराएसँगै गृह–मन्त्रालय मातहतको तत्कालिन सुन तस्करी छानविन समितीले यसबारे चासो राखेको छ । कलकत्ताका महावाणिज्यदुत एकनारायण अर्याल मार्फत भारितय पक्षसँग पटक–पटक कुराकानी हुँदा बरामद भएको ३३ किलो सुनमा ‘युएई गोल्ड’ को ट्रेडमार्क रहेको पुष्टि भएको तत्कालिन छानविन समितीका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

३३ किलो सुनको दसी देखाउन नसकेपछि अदालतले अभियुक्तहरुलाई धमाधम साधारण तारेखमा छाडेको परिवेशमा अचानक सुन फेला परेपछि उक्त सुन नेपाल ल्याउने प्रयास गरिएपनि भारतीय राजस्व अनुसन्धान निर्देशनालयले उक्त सुन नदिने भएको छ । ‘आफ्नो देशको राजस्वमा जम्मा हुने हुनाले भारतीय राजस्व अनुसन्धान निर्देशनालयले सुन चाहिँ हामीलाई नदिने संकेत गरेको छ’ सुन तस्करी छानविन समितीका एक सदस्य भन्छन्, ‘तर, हामीलाई सुन नै चाहिन्छ भन्ने हुँदैन, सुन फेला परेको प्रमाणित कागजात र पक्राउ परेका मानिसहरु बुझाएमा बयानबाट खुलाएर फेरि मुद्दा स्ट्रङ बनाउन सकिन्छ ।

‘राकेस प्रसाद र हेम प्रसाद शर्माको सवालमा थप बुझ्नुपर्ने फरार अभियुक्त भनेर हामीले अदालतमा अभियोग पत्र दायर गरेका थियौँ’ तत्कालिन सुन तस्करी छानविन समितीमा संयोजक (सह–सचिव) ईश्वरराज पौडेल भन्छन्, ‘उनीहरुलाई नेपाल भिकाउने बारे डिप्लोम्याटिक च्यानलबाट अगाडी बढ्छौँ । राकेश र हेमलाई नेपाल ल्याउन परराष्ट्र मन्त्रालय मार्फत दुई देशको बीचमा कुराकानी अगाडी बढेको बताइएको छ ।

मृतक शाक्यको डायरीमा थिए, हेम र राकेश

कलकत्तामा सुन सहित समातिएका नेपाली नागरिकहरु राकेश प्रसाद र हेम प्रसाद शर्माको नाम मृतक शनम शाक्यको डायरीमा रहेको पाइएको छ । सुन तस्करी अनुसन्धानमा संलग्न प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त लामाका अनुसार अनुसन्धानका क्रममा शाक्यको डायरीमा राकेश र हेमको नाम फेला परेको थियो ।

‘सनम शाक्यको डायरीमा कोड भाषमा लेखिएको थियो राकेश र हेमको नाम’ प्रहरी बरिष्ठ उपरिक्षक लामा भन्छन्, ‘हामीले त्यतिबेला ठेगाना खुलाउन नसकेपछि दुवैको बारेमा थप अनुसन्धान गर्नुपर्ने भनेर अभियोग पत्रमा उल्लेख गरेका थियौँ । २०१५ सम्म भारतमा बसेका हेम प्रसाद शर्मा त्यसपछि परिवारसहित नेपाल आएका थिए ।

‘हेम प्रसाद शर्माले नेपाल स्थित इटहरीमा बसोबास गर्दै आएको प्रारम्भिक सोधपुछ गर्दा स्वीकार गरेका छन्,’ भारतीय राजस्व अनुसन्धान निर्देशनालयले कलकत्तास्थित महावाणिज्यदूत एकनारायण अर्याललाई लेखेको पत्रमा भनिएको छ, ‘शर्माको साथबाट नक्कली भारतीय सवारी चालक लाइसेन्स पनि बरामद भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083