अब काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध
वि.सं.२०७५ पुस १९ बिहीवार १०:४३
4.63K
shares
shares

काठमाडौं । काठमाडौंको सडकपेटीमा बढ्दै गएका बेबारिसे बृद्धबृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेबारिसे बृद्धाबृद्धालाई बृद्धाश्रम पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।
पक्राउ गरिएको बृद्धाबृद्धालाई बृद्धाश्रममा राखिने छ भने भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ ।




















