कर्मचारी समायोजन कार्य चुनौतीपूर्ण बन्दै

4.42K
shares

काठमाडौं । कर्मचारीको एकपछि अर्को आन्दोलनले कर्मचारी समायोजन कार्य चुनौतीपूर्ण बन्दै गएको छ । कर्मचारी समायोजन ऐनविरुद्ध आन्दोलनसँगै कर्मचारीहरु अदालतको ढोकामा पुग्ने कार्यले निरन्तरता पाएपछि कर्मचारी समायोजन सकसपूर्ण बन्दै गएको हो ।

समायोजन अध्यादेशका कतिपय विभेदकारी प्रावधानले आफूहरुको वृत्ति विकास अवरुद्ध भएको भन्दै प्रायः सबै समूहका कर्मचारी असन्तुष्ट रहेका छन् । यसैबीच, कर्मचारी समायोजन अध्यादेशविरुद्ध सामान्य प्रशासन समूहका अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

विकास डंगोलसमेत ३ सय ३० जना कर्मचारीले रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र श्रम तथा रोजगार मन्त्रालयलाई विपक्षी बनाइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083