‘हामीले जनतालाई धोका दिनु हुन्न’ : मन्त्री खनाल
वि.सं.२०७५ पुस २३ सोमवार १५:१२
shares

विराटनगर । कृषि तथा पसुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपाली किसानले उत्पादन गरेको दुग्ध पदार्थ खेर जान नदिनको लागि पाउडर दूधमा रोक लगाइएको बताएका छन् । बिराटनगर दुग्ध वितरण आयोजनाले मोरङमा गरेको कार्यक्रममा बोल्दै कृषि मन्त्री खनालले भने, तर लुकिछीपि चोरि निकासी रोकिएको छैन ।
अहिले त पाउडर दूध आयात रोकेर समस्यालाई अलि पर धकेलिएको मात्र हो समाधान होइन । तर लुकिछिपी पाउडर ल्याउने काम रोकिएन भने क्याबिनेटबाट निर्णय नै गरेर सधैको लागि रोक्नु पर्ने दिन पनि आउन सक्छ । उनले डिडिसीले आफुले उत्पादन बजारमा लैजान न सक्ने र गोदाममा मात्रै थन्काएर राख्ने हो भने पाउडर दूध रोक्नुको के अर्थ ? भनी प्रश्न गरे । मन्त्री खनालले बस्तु बजारमा लैजाने सेवा गर्न मात्र नभई प्रतिस्पर्धा गर्न पनि भएको बताए । त्यसको लागि आफुलाई अब्बल बनाउने काम डिडिसीकै भएको उनको भनाई छ ।
उनले जनतालाई धोका दिन र गुम्राहमा पार्न नहुनेमा जोड दिए । संस्थानका महाप्रबन्धक इश्वरी न्यौपानेका अनुसार दैनिक ६० हजार लिटर दूध उत्पादन गर्ने संस्थाले अहिले दैनिक ३५ हजार लिटर दूध उत्पादन गर्न थालेको छ ।






























