डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या
वि.सं.२०७५ पुस २७ शुक्रवार १०:५५
5.28K
shares
shares

काठमाडौं । १६ औं अनशन सुरु गरेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार राति केसीको चेकजाँच गरेका छन् ।
स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरिएको छ। तर डा केसीले सुगर चेक गर्न मानेका छैनन् । केसीले गत बुधबारबाट अनसन थालेका थिए।




























