भारत-पाकिस्तान बीचको बढ्दो तनावले नेपालको उडान प्रभावित

4.72K
shares

काठमाडौं। भारत र पाकिस्तान बीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान प्रभावित भएको छ।पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाए पछि नेपाल बाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो।

पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिए पछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थल मै रोकिएको छ। यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए। उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए।

‘यात्रुको आवमागमन का कमी आएको छैन। अरु खालका कुनै प्रभाव विमानस्थलमा देखिएको छैन,’ क्षेत्रीले भने। यसै बीच भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ। भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083