मदनकृष्ण र हरिवंशलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार
वि.सं.२०७६ वैशाख ७ शनिवार १४:५०
6.57K
shares
shares

काठमाडौं। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई २०७६ सालको वसुन्धराश्री तथा मानश्री पुरस्कार प्रदान गरिने भएको छ। वसुन्धरा( मान प्रज्ञा प्रतिष्ठानले मह जोडीलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।
प्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त पुरस्कार साथै जनही ५० हजार रुपैयाँसमेत प्रदान दिईनेछ।
विशेष बैंठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।





























