‘प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने उहाँको बालुवाटार पनि जान्छ’ : गगन थापा

5.16K
shares

काठमान्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा शनिबार बोल्दै थापाले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन लगायतको नाममा गएको सरकारी जग्गा फिर्ता ल्याउनु पर्ने बताए।

‘उहाँको जग्गा त गयो गयो, प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने उहाँको बालुवाटार पनि जान्छ, थापाले भने। थापाले नेकपा महासचिव पौडेलको नाम नलिई व्यंग पनि गरे।

‘म काठमाडौंको सांसद तपाईंहरूले यहाँबाट निर्वाचित गरेर पठाउनु भएको मेरो साथी सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ, थापाले भने।

जग्गा किन्दा ठगिएका पौडेललाई काठमाडौंका जनताले क्षतिपूर्ति दिन नसक्ने भएकोले भोट दिने रुपन्देहीबासीले नै क्षतिपूर्ति दिन पनि उनले आग्रह गरे। उनले आफू क्षेत्रीय सम्मेलनमा आफ्ना कुरा राख्न र सांसद पौडेललाई ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपेन्देही आएको बताए।

‘बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ, उनले भने, ‘उहाँको दुस्खमा अन्यन्त सहानुभूति छ। विचरा नराम्रोसँग ठगिनु भएछ।

बालुवाटार किन्दा किन्दा पशुपति किन्न नभ्याएको भन्दै उनले पौडेल माथि व्यंग गरे। ‘मलाई खुसी पनि लागेको छ, बालुवाटार किन्दा किन्दा उहाँले पशुपति किन्न भ्याउनु भएनछ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083