सन्दीप बने स्टाइलिस प्लेयर अफ द म्याच

4.91K
shares

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति भएको पञ्जाबविरुद्धको खेल नेपालका लेग स्पीनर सन्दीप लामिछानेका लागि निकै रोचक रह्यो।

क्रिजमा क्रिकेट दुनियाँकै आइकन क्रिस गेल र बलिङमा नेपालका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछाने उभिएको देख्दा विषेश गरी नेपाली क्रिकेटप्रेमीका लागि यो निकै रोमाञ्चक क्षण बन्यो।

युनिभर्सल बोसको उपमा पाएका क्रिस गेलसँगको सन्दीपको भेट तनाबपूर्ण र ऐतिहासिक रह्यो।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीप लामिछानेले एक लाख भारु पाएका छन्।

राति भएको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण तीन विकेटको मद्दतले दिल्लीले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको थियो।

चार ओभर बलिङ गरेका सन्दीपले पञ्जावका विष्फोटक व्याट्सम्यान क्रिस गेल, साम करण र केएल राहुललाई पेभिलियन फर्काए।

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ। १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ।

दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने। उनी सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083