प्रसिद्ध जाखोर तालको जलकुम्भी सफार्इ गर्ने अभियान सुरु (फोटोफिच)

7.88K
shares

धनगढी । कैलालीको प्रसिद्ध जाखोर तालमा रहेको जलकुम्भी सफार्इ गर्ने अभियान आजदेखि सुरु भएको छ । अभियान धनगढी उप-महानगरपालिकाको समन्वयमा सुरु भएको हो । यो अभियान आज (शनिबार) बिहान ११ बजेदेखि सुरु भएको हो ।

जाखोर ताल सफाई अभियानको पहिलो दिन उप-महानगरपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, सरोकारवाला निकाय लगायतको उपस्थिती थियो । देशकै प्रसिद्ध ताल भएपनि पछिल्ला वर्षमा जलकुम्भीले गर्दा त्यसको सौन्दर्यतामा नै असर पुर्याएको छ ।