दुर्गा विरहीको ‘के छ कोसेली’ सार्वजनिक

वि.सं.२०७५ मंसिर ८ शनिवार १४:४१
8.15K
shares
shares

काठमाडौं । गायक दुर्गा बिरहीको नयाँ गीत ‘के छ कोसेली’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो । गीतको भिडियोमा चर्चित मोडल तथा डान्सर पार्वती राई र पी।एन। सापकोटाले नृत्य गरेका छन् ।
गीतमा दुर्गा बिरहीसँगै देवी घर्तीको स्वर रहेको छ भने लोकप्रिय सर्जक रमेश बिजिको शब्द अनि दुर्गा बिरहीकै लय रहेको छ । उक्त गीतको भिडियोमा मौसम हिमालीको निर्देशन, करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, पार्वती राई, शोभा त्रिपाठी र धर्मेन्द्र बस्नेतको अभिनय रहेको छ ।
गीत रिलिज कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी, सुजन लम्साल, पी।एन। सापकोटा, शोभा त्रिपाठीलगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।