आर्थिक समृद्धि सरकारको प्राथमिकतामा छः मन्त्री अधिकारी

5.46K
shares

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–११द्धारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताए ।

मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महीनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गरे । नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी) ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताए।

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनुपर्नेमा जोड दिए । नेकपा पोखरा–११ संयन्त्र सदस्य नारायणप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपालीलगायतले मौलिक संस्कृति र विभिन्न पर्वले समाजलाई एकताबद्ध बनाउँदै आएको बताए । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083