ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैनः काँग्रेस नेता गुरुङ

5.81K
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन्। उनले भने, ”उहाँ मेरो फ्यान हो। म पनि ओलीको फ्यान हुँ। अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन।

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वमन्त्री गुरुङले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने,”ओलीजीसँग स्पष्ट भीजन छ। विकास र समृद्धिको खाका उहाँसँग छ। उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ।

त्यस्तै उनले वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै प्रशंसा गरे। वैदेशिक रोजगारको क्षेत्रलाई मन्त्री विष्टले व्यवस्थित् गर्ने काम गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । उनले भने-“मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन् । तर, उहाँले गरेर देखाउनुभयो । मैलेभन्दा राम्रो काम उहाँले गर्नुभयो।


divya collage
unigloble collage