एउटै उद्देश्यका साथ हिँडौं, देशको मुहार फेर्न धेरै वर्ष लाग्दैन– नेता भुसाल

6.31K
shares

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले माथिदेखि तलसम्मका नेता\कार्यकर्ता एउटै उद्देश्यका साथ हिँड्ने हो भने देशको मुहार फेर्न धेरै वर्ष नलाग्ने बताएका छन् । नेकपाको तिलोत्तमा वडा नं.७ कमिटीले भलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भुसालले एउटै उद्देश्यका साथ पार्टीपंक्ति लाग्दा सात वर्षमा काम गर्न सक्ने व्यक्तिलाई सहज जीवनयापन हुने गरी रोजगारी दिन सकिने बताए ।

काम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारी र नसक्नेलाई सामाजिक सुरक्षा दिन सक्दा मुलुकको मुहार फेरिने नेता भुसालको भनाइ छ । विश्वकै एक सय वर्षको कम्युनिस्ट इतिहासमा नेपालमा पहिलो पटक चुनावबाट आएको सबैभन्दा बलियो कम्युनिस्ट पार्टी र सरकार बनेको उल्लेख गर्दै नेता भुसालले यो ऐतिहासिक अवसरलाई सबै मिलेर सदुपयोग गर्नुपर्ने बताए ।

विगतका कमी कमजोरीबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताउँदै नेता भुसालले पार्टीलाई विकासको संगठन बनाउँदा मात्र समृद्धिको सपना पूरा हुने प्रष्टाए । फरक प्रसंगमा नेता भुसालले छठपछि पार्टी एकताको बाँकी काम अघि बढ्ने विश्वास व्यक्त गरे । तल्लो तहसम्म पार्टी एकता पूरा नहुँदा कार्यकर्तामा केही अलमल रहनु स्वभाविक रहेको चर्चा गर्दै नेता भुसालले कार्यकर्तालाई धैर्य गर्न आग्रह गरे ।

नेताहरूले गरेका गल्ती कमजोरीलाई कार्यकर्ताले आफ्नो ठाउँबाट सच्चाइदिनुपर्ने उल्लेख गर्दै नेता भुसालले समस्याका बेला नआत्तिने, छलफल गर्ने र आवश्यक पहलकदपी लिनुपर्ने उल्लेख गरे । सोही अवसरमा अर्का नेता छविलाल विश्वकर्माले पार्टी एकता तल्लो तहसम्म भइनसके पनि कार्यकर्ताहरू खुम्चिएर बस्न नहुने बताए । पार्टी एकता विभिन्न कारणले अपेक्षा गरेअनुसार र तोकिएको समयमा पूरा नभएको बताउँदै उनले अब पार्टी एकताको काम तीव्रताका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083