गुनासो गर्नु नपर्ने गरी अब सरकारले काम थाल्छः उपप्रधानमन्त्री

5.29K
shares

ताप्लेजुङ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले काम अगाडि बढाएको बताएका छन् । ताप्लेजुङमा रहेको पाथिभरा मन्दिरको दर्शनपछि फर्कने क्रममा फुङ्लिङमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘जनताका आवश्यकता निवारण गर्दै लैजाने कुरामा ढुक्क रहननुहोस् अब सरकारले काम थालि सकेको छ ।

साथै, उनले नयाँ संविधान निर्माणको तीन वर्ष भित्रमा राज्य सञ्चालनमा चाहिने कनुन निर्माण गर्न सरकार लागि परेकोले सरकारलाई काम गर्न कठिन परेको बताए । कानुन नभए राज्य सञ्चालन पद्धती मै समस्या आउने भएकाले विकास निर्माण भन्दा पहिलो प्राथमिकता कानुन निर्माण भएकोले जनताले आशा गरे अनुसार विकासको गति अघि बढ्न नसकेको स्वीकार्दै अबका दिनमा विकासले गति लिने उपप्रधानमन्त्री पोखरेलले बताए ।

नयाँ संविधान अनुसार संघीयताको कार्यान्वयन गर्न तल्लीन रहेको सरकारका अघि थुपै्र चुनौती र समस्याको चाङ रहेको बताउँदै मन्त्री पोखरेलले यी सबै विषयको सम्बोधनमा सरकारको ध्यान जाने बताए । नेकपाका नेतासमेत रहेका पोखरेलले दुई पार्टीको एकीकरण प्रकृयाले मंसिर पहिलो साताबाट तीव्रता पाउने बताए । उनले मंसिर दोस्रो साता भित्रमा प्रदेश स्तरका र मंसिर भित्रमा जिल्ला तथा जनवर्गीय संगठनको एकता टुग्याउने दावी गरे ।


divya collage
unigloble collage