सांसदको गुनासो– राज्यले दिएको तलबले जीवनयापन गर्न गाह्रो
वि.सं.२०७५ कात्तिक २५ आइतवार १४:४०
5.42K
shares
shares

काठमाडौं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् ।
अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ ।
तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको छ ।































