नेविसंघ असन्तुष्ट पक्षद्धारा महाधिवेशन तत्काल गराउन माग

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२ औं महाधिवेशन हुने सुनिश्चित वातावरण निर्माण गर्न माग गर्दै पार्टी नेतृत्वलाई दवाव दिएको छ। गत कार्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशनपनि पछि सरेपछि महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएको हो।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री काफ्लेले विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए। उनले संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरितका गतिविधि गरेको भन्दै त्यसलाई रोक्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए। असन्तुष्ट पक्षले तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेरहद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ। महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...