मंसिर मसान्तभित्र पार्टी एकता हुन्छः नेता खनाल

5.43K
shares

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आगामी मंसिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन् । उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिए।

इलाम सदरमुकाममा सोमबार आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गरे । नेकपाकै जिम्मेवार नेताले राष्ट्रिय सरकारको आवश्यकता रहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा खनालले अहिलेको राजनीतिक संरचनामा अर्को सर्वपक्षीय सरकार हुन नसक्ने बताए ।

‘अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु अपरिहार्य छ । त्यसैले राष्ट्रिय सरकार बन्न सक्दैन’ खनालले भने, ‘अहिलेको सरकारले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको नभए पनि अहिलै यसको आलोचना तथा समालोचना गर्ने बेला भएको छैन । पार्टीमा समस्या देखिएको भन्ने पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले अबको केही दिनमै स्थायी समितिको बैठक बस्ने र त्यसबाट महत्वपूर्ण निर्णय गर्दै पार्टीका समस्या किनारा लगाइने बताए । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083