कोरियाली राजदूतले नेता ‘नेपाल’सँग गरे विदाइ भेट

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत किम योङ्ग हाकले मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् ।

बुधबार विहान नेपाल निवास कोटेश्वर पुगेका उनले आफू ४ बर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण र हार्दिक पाएको उल्लेख गरे । राजदूत हाकले आफ्नो देशसँगको सम्बन्धलाई महत्व दिएर विगतमा भ्रमण गर्नुका साथै आफूहरुलाई हरदम सहयोग उपलब्ध गराएकोमा पूर्वप्रधानमन्त्री नेपालप्रति आभार व्यक्त गरे ।

‘हाम्रो सुख–दुःखमा सधैँ साथ दिनुभएकोमा आत्मीयता बोकेर फर्किंदैछु,’ राजदूत हाकले नेपालसँग भने, ‘मलाई विश्वास छ, यो सधैँ कायम रहनेछ ।’

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीले समाजवादी मुलुकहरुसँगको सम्बन्धलाई सधैँ महत्व दिँदै आएको उल्लेख गर्दै आफ्नो कोरिया भ्रमणका बेलामा प्रतिकूल अवस्था रहे पनि अहिले कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास भएकोमा प्रसन्नता व्यक्त गरे ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...