अचम्मको गाउँ ,जहाँ मान्छे सुतेपछि महिनौ उठदैनन्

Nepal Life Insurance Long Ad

एजेन्सी । संसार विभिन्न प्रकारका रहस्यले भरिएका छन् । यस्ता थुप्रै कुराहरु हुन्छन् जसको जवाफ अहिलेसम्म कसैले पनि दिन सकेका छैनन् । वैज्ञानिक पनि यस्ता थुप्रै रहस्यमयी कुराको जवाफको खाजी गर्दागर्दै थाक्ने गर्दछन् । केही यस्तै रहस्य लुकेको छ काजकिस्तानको एक अचम्मको गाउँमा । यहाँका मानिसहरु थुप्रै दिनसम्म सुतिरहन्छन् ।

उत्तरी काजकिस्तानको कलाची गाउँका मानिसहरु रहस्यमयी तरिकाले सुतिरहने रोगबाट पीडित छन् । जब यहाँका मानिसहरु एकपटक सुत्छन् तब थुप्रै दिन वा महिनासम्म उठ्दैनन् । यसकारण बाहिरका मानिसहरुले यहाँका मानिसलाई कुम्भकर्णका आफन्त भन्छन् । थुप्रै दिनसम्म सुतिरहने यहाँको अचम्मको रोग पहिलो पटक सन् २०१० मा सार्वजनिक भएको थियो ।

केही बच्चाहरु अचानक स्कूलमा लडेका थिए र सुत्न थालेपछि उक्त घटनाबारे खोजबिन भएको थियो । त्यसपछि यस्ता रोग लाग्ने व्यक्तिहरुको संख्या बढ्न थाल्यो । त्यतिबेलादेखि वैज्ञानिक यो गाउँमा अनुसन्धान गरिरहेका छन् । यसबारे विभिन्न वैज्ञानिक, डाक्टरले वर्षौंदेखि अनुसन्धान गरिरहेपनि अहिलेसम्म यसको सही कारण पत्ता लाग्न सकेको छैन । यस्तै केही डाक्टरका अनुसार यो सबै प्रदुषित पानीका कारण भएको बताए । रहस्यमयी तरिकाले सुत्ने भएकाले यो गाउँलाई स्लिपी हलो पनि भनिन्छ ।

अचम्मको छ यो रोगः

यो रहस्यमयी गाउँ उत्तरी काजकिस्तानमा छ । यहाँको जनसंख्य ६ सयको छ र यो रोगबाट लगभग १४ प्रतिशत मानिस पीडित छन् । सबैभन्दा अचम्मको कुरा के छ भने यो रोगीलाई आफू सुतेको भन्ने थाहा नै हुँदैन अर्थात्, यी मानिसहरु जता पनि निदाउन सक्छन् जस्तै बजार, विद्यालय, सडक, पार्क, जुनसुकै स्थानमा उनीहरुलाई निन्द्रा लाग्ने गर्दछ र थुप्रै दिनसम्म सुत्ने गर्दछन् ।

यो हुनसक्छ कारणः

काजकिस्तानको यो गाउँ यूरेनियमको बन्द भइसकेको खानी नजिकै छ जहाँ विषालु विकिरण आइरहन्छन् । थुप्रै मानिसहरुको बुझाई अनुसार उक्त खानीका कारण नै मानिसहरुलाई यस्तो अचम्मको रोग लागेको हुनसक्छ । हुन त उक्त स्थानमा विकिरणको डरलाग्दो मात्रा त छैन । डाक्टर पनि यसका लागि विकिरण नै जिम्मेवार भएको मान्दैनन् ।


सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई  पानी

सोङक्रानको अवसरमा उपाध्यक्ष डा. लामा र थाई धर्मदुत प्रमुख फ्रा वोङले चढाए लिटिल बुद्धलाई पानी

२०८१ वैशाख ४ मंगलवार

लुम्बिनी । थाईहरुको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा...

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

२०८० वैशाख ३१ आइतवार

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता...

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

प्रहरीलाई झुक्याएर फरार रहेका टोपबहादुर अाखिर कहाँ छन् ?

२०८० वैशाख ३० शनिवार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि...

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

बालेनलाई उपप्रधान मन्त्री श्रेष्ठको प्रश्न -“महानगरले सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ?”

२०७९ चैत २७ सोमवार

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर...

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

२०७९ चैत २५ शनिवार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने...

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

दमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

२०७९ चैत २४ शुक्रवार

धरान। कोशी प्रदेश नामाकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई...