प्रधानमन्त्रीले नै संविधानमाथि प्रश्न उठाउनुभयो : गगन थापा

5.16K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन् ।

नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति प्रकट गरे । नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरीत भइरहेको दावीसमेत गरे ।

संविधानको मूल मर्मअनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ । उनले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरे ।

पूर्वमन्त्रीसमेत रहेका भएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको स्पष्टसमेत पारेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083