‘श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस’

5.36K
shares

काठमाडौं। श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारको लागि जाने विशेष गरेर महिला घरेलुकामदार र अदक्ष लगायत श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित छैठौँ मन्त्रीस्तरीय कोलम्बो प्रोसेसको बैठकमा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन्।

कामदार वैदेशिक रोजगारमा पठाउने विभिन्न एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन २००३ मा भएको हो। मन्त्री विष्टले १२ वर्षदेखि कोलम्बो प्रोसेसको काम श्रमिकको हकहितको लागि कति परिणाममुखि भयो र आगामी दिनमा अबलम्बन गर्नुपर्ने मार्गचित्र तय गर्न कोलम्बो प्रोसेसको बैठक तय गरिएको बताए।

अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श स्थापना गर्न १२ वटा एशियाली राष्ट्रका मन्त्रीहरु तथा उच्च अधिकारीको उपस्थितिमा आयोजित कोलम्बो प्रोसेसमा श्रमिकका हकअधिकार सँग सम्बन्धित प्रावधान प्रष्ट रुपमा उल्लेख हुनपर्नेमा मन्त्री विष्टले जोड दिए। उनले श्रमिकको उद्गम तथा गन्तव्य दुवै मुलुकको आपसी समझदारी कायम गरी श्रमिकको हक,अधिकार, बिमा, सुरक्षा, पारिश्रमिक लगायतका विषयमा ध्यान दिन जरुरी रहेको सम्बन्धमा धारणा व्यक्त गरे।

मन्त्री विष्टले रोजगारको लागि एक देशबाट अर्को देश श्रमिक जाँदा श्रमिकहरुमा हुने श्रम शोषण, ठगी, मानव तस्करी लगायतका विषयमा सबै राष्ट्रहरुले ध्यान दिइ सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल गरिने भएकाले कोलम्बो प्रोसेसले थप श्रमिकको हक हितको विषय उठान गर्ने दावी गरे। कार्यक्रममा बोल्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले कोलम्बो प्रोसेसमा संलग्न १२ राष्ट्रका ५० प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारमा आबद्ध रहेको बताउँदै श्रमिकको सीप तालिम र दक्षतामा समेत जोड दिनुपर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083