‘श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस’

Nepal Life Insurance Long Ad

काठमाडौं। श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारको लागि जाने विशेष गरेर महिला घरेलुकामदार र अदक्ष लगायत श्रमिकको जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित छैठौँ मन्त्रीस्तरीय कोलम्बो प्रोसेसको बैठकमा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन्।

कामदार वैदेशिक रोजगारमा पठाउने विभिन्न एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन २००३ मा भएको हो। मन्त्री विष्टले १२ वर्षदेखि कोलम्बो प्रोसेसको काम श्रमिकको हकहितको लागि कति परिणाममुखि भयो र आगामी दिनमा अबलम्बन गर्नुपर्ने मार्गचित्र तय गर्न कोलम्बो प्रोसेसको बैठक तय गरिएको बताए।

अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श स्थापना गर्न १२ वटा एशियाली राष्ट्रका मन्त्रीहरु तथा उच्च अधिकारीको उपस्थितिमा आयोजित कोलम्बो प्रोसेसमा श्रमिकका हकअधिकार सँग सम्बन्धित प्रावधान प्रष्ट रुपमा उल्लेख हुनपर्नेमा मन्त्री विष्टले जोड दिए। उनले श्रमिकको उद्गम तथा गन्तव्य दुवै मुलुकको आपसी समझदारी कायम गरी श्रमिकको हक,अधिकार, बिमा, सुरक्षा, पारिश्रमिक लगायतका विषयमा ध्यान दिन जरुरी रहेको सम्बन्धमा धारणा व्यक्त गरे।

मन्त्री विष्टले रोजगारको लागि एक देशबाट अर्को देश श्रमिक जाँदा श्रमिकहरुमा हुने श्रम शोषण, ठगी, मानव तस्करी लगायतका विषयमा सबै राष्ट्रहरुले ध्यान दिइ सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल गरिने भएकाले कोलम्बो प्रोसेसले थप श्रमिकको हक हितको विषय उठान गर्ने दावी गरे। कार्यक्रममा बोल्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले कोलम्बो प्रोसेसमा संलग्न १२ राष्ट्रका ५० प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारमा आबद्ध रहेको बताउँदै श्रमिकको सीप तालिम र दक्षतामा समेत जोड दिनुपर्ने बताए।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...