बर्खास्त हुने पालो अब यी मन्त्रीको, प्रदेश २ मा पाकिस्तानको प्रवेश

4.34K
shares

काठमाडौं । प्रदेशका दुई मन्त्रीहरू विवादमा आएर बर्खास्तमा परेकै बेला प्रदेश २ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहको मन्त्री पद धरापमा परेको छ । मदरसा शिक्षा विधेयकमा रुचि देखाएका र आर्थिक अनियमिततामा परेको भन्दै उजुरी परेपछि मन्त्री साहलाई हटाउन उनको माउ पार्टी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पहल गरेको छ ।

राजपा नेपालका संयोजक महन्थ ठाकुरले नै विवादित मन्त्री साहलाई हटाउन प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसँग आग्रह गरेको उच्च स्रोतले जनाएको छ । मुख्यमन्त्री राउतले मन्त्री साहलाई काखी च्यापेका छन् ।

मन्त्री पद फुस्कन लागेपछि आफ्नो पार्टीका नेताहरूको घरमा पुगेर बचाउ गर्दै आएका मन्त्री साहले तिहारको भाइटीकाको दिन सप्तरीको बथनाहस्थित शशि यादवको घरमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग दुई घण्टासम्म बसेर मन्त्री पद बचाइदिन आग्रह गरेको स्रोतले जनाएको छ । मन्त्री साहले उपेन्द्र यादवसँग भेटेको चालपाएपछि राजपाका नेताहरू र संयोजक महन्थ ठाकुर झन् चिढिएका छन् ।

प्रदेश मन्त्री साहले कतै पनि सरसल्लाह नगरी मदरसा शिक्षा विधेयक प्रदेश संसदमा पेश गरेपछि उनको पद धरापमा परेको हो । मन्त्री साहले आफैले हस्ताक्षर गरेर मदरसा शिक्षा विधेयक प्रदेश संसदमा लगेका हुन् । मन्त्री साहको यो चर्तिकलालाई प्रदेश २ का धेरै सांसद र नेताहरूलाई मन परेको छैन ।

छिमेकी राष्ट्र भारतलाई पनि प्रदेश २ ले ल्याएको मदरसा शिक्षा विधेयक मन परेको छैन । नेपालमा भन्दा भारतमा धेरै मुस्लिमहरू छन् । तर, भारतले मदरसाका लागि शिक्षा विधेयक ल्याएको छैन । नेपालमा किन मदरसा शिक्षा विधेयक चाहियो र सामाजिक विकास मन्त्री साह र मुख्यमन्त्री राउतले कसको चाहनामा काम गरेका हुन् ? भनेर प्रदेश २ मा चासो व्यक्त हुन् ।


Mitsubishi Long Ad