प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

5.17K
shares

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को यही मंसिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७ औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधानकार्यालयले आज जनाएको छ ।

महासभामा १९२ देशका प्रतिनिधि सहभागी हुने तथा त्यसमा सदस्य राष्ट्रहरुका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेछ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखन जस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083