सरकारको नियत र क्षमतामाथि प्रश्न चिन्ह खडा : थापा

5.72K
shares

काठमाडौं। नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवार पूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टीप्पणी गरेका हुन्।

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भूमिका निर्वाह गरेको दाबी उनले गरे। लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए। राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।

भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। उनले भने, ‘संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो। कांग्रेस सत्ता हो। कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो। हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ।’ उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083