गृहमन्त्रीकै अगाडि पूर्व लडाकूद्धारा विष सेवन गर्दै आत्महत्याको प्रयास

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:०६
4.75K
shares
shares

काठमाडौं । एक पूर्व माओवादी लडाकूले गृहमन्त्री रामबहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन् । गृहमन्त्रीलाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् ।
गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए । भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार भट्टराईले बाहिरबाटै पनि विष पिएर गृह मन्त्रालय पुगेका थिए ।