योगी आदित्यनाथलाई निम्तो गरेका छैनौंः प्रदेश सरकार

वि.सं.२०७५ मंसिर ८ शनिवार १०:४१
4.08K
shares
shares

काठमाडौं । बिमस्टेक सम्मेलनका बेला चौथो पटक नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँचौंपटक आउन निम्तो दिएका थिए, केपी ओलीले । विवाह पञ्चमीमा जनकपुरको रामजानकी मन्दिर आउन ओलीको निम्तोमा मोदीले स्वीकारोक्ति पनि जनाएका थिए ।
भारतीय लोकसभा चुनावका कारण उनी आउन नसक्ने भएपछि विवाह पञ्चमीमा भारतीय पाहुना को हुने भन्नेबारे विभिन्न अडकलबाजी भएका छन् । परराष्ट्र मन्त्रालयमा केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने प्रसंग चलेको थियो ।
मोदीले आफ्नो प्रतिनिधिस्वरूप रेल्वे मन्त्री पीयूष गोयललाई पठाउने तयारी गरेको आँकलन पनि भयो । तर, यसबारे कुनै टुंगो लागिनसकेको परराष्ट्रले जनाएको छ । योगी आउने भन्नेबारे हल्का कुरासम्म भएको हो तर कुनै निर्णय भएको छैन,’ स्रोतले भन्यो ।