कांग्रेस नेता बलायरले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको उपचार गरिदिने

6.8K
shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डडेल्धुरा दुर्घटनाका घाइतेहरुको उपचार आफूले गरिदिने बताएका छन्। पूर्वमन्त्री समेत रहेका नेता बलायरले दुर्घटनामा परी काठमाडौं वीर अस्पतालमा उपचार गराइ रहेका घाइतेहरुको सम्पूर्ण उपचार खर्च आफूले ब्यक्तिगत रुपमा ब्यहार्ने बताएका हुन्।

घाइतेलाई वीर अस्पतालमा भेट्दै उनले यस्तो घोषणा गरे। यस्तै उनले घाइतेका आफन्तलाइ आर्थिक सहयोग पनि गरे। बस दुर्घटनामा परी घाइते भएकाहरुको वीर अस्पतालमा आइसियुमा राखेर उपचार भैरहेको छ। नेता बलायरले बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे। रासस


divya collage
unigloble collage