राष्ट्रपतिलाई कट्टेलको आरोप – ‘जनतामाथि करको भारी बोकाएर १८ करोडको गाडी किन्ने’

4.95K
shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टले सरकार भ्रष्ट, कमिशनखोर, विदेशी एजेन्ट, एनजिओको संयुक्त टीमले संचालन गरेको बताएका छन् । अध्यक्ष कट्टेलले जनसभालाई सम्बोधन गर्दै क्रान्तिकारीहरुले बलिदान गरेर प्रचण्डलाई नेता बनाएको तर केपीसँगै नवसामन्त भएको आरोप लगाए । उनले सबै क्रान्तिकारी नमरेको भन्दै आफूहरु मिलेर संयुक्त रुपमा नयाँ क्रान्ति गर्ने बताए ।

जनतामाथि करको भारी बोकाएर राष्ट्रपतिले १८ करोडको गाडी किन्न लागेको भन्दै अध्यक्ष कट्टेलले सरकारकै कारण लोकतन्त्रमा लुटतन्त्रमा बदलिएको बताए । उनले ओली नेतृत्वका सरकारले शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि प्रतिवन्ध लगाएको बताउँदै अब सरकारलाई नै प्रतिवन्ध लगाउनुको विकल्प नभएको बताए ।