देश साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बन्यो–प्रकाण्ड

4.95K
shares

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)ले सबै राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताएका छन् । शनिवार राजधानीमा पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले निर्णायक क्रान्तिका लागि राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताएका हुन् ।

सरकार विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका नेता प्रकाण्डले सरकारका गलत कामलाई हेरेर बस्न नसक्ने चेतावनी दिए । राष्ट्रस्वाधिनताका उपलव्धीलाई वर्तमान सरकारले नास गरिरहेको आरोप लगाउँदै नेता प्रकाण्डले भने,‘देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको छ । नेताहरुले कुर्सी र पदका लागि राष्ट्रको साधन र स्रोत विदशीलाई बुझाएका छन् ।

सरकारले राष्ट्रघाती सम्झौतालाई प्याकेजमा सम्झौता गरिरहेको आरोप लगाउँदै प्रकाण्डले राष्ट्रियता संकटमा परेको बताए । ‘देश रहन्छ कि रहँदैन भन्ने चिन्तामा जनता छन्’ प्रकाण्डले भने,‘राष्ट्रघातलाई नसच्याउने हो भने नेपाली जनाता आफ्नो राष्ट्रको मुक्तिको निम्ति लड्छन्, राष्ट्रघात गर्नेहरुको खोजेर पनि नाम निशान पाइने छैन ।