सरकारले ठिक ढंगले काम गरिरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

4.68K
shares

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन्। मन्त्री ज्ञवालीले सरकारको नौ महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको दाबी गरे। उनले यही अवधिमा सरकारले अन्तर्राष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको उल्लेख गरे।

मन्त्री ज्ञवालीले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि उल्लेख गरे। बुधबार प्रदेश ५ को पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर सरकारले ३५ लाखभन्दा बढी श्रमिकहरुको हितको सुनिश्चित गरेको पनि बताए।

यसैबीच गुल्मी हुगाबाम पोखराकी मृर्गौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५०० आर्थिक सहायता प्रदान गरिएको छ। गुल्मी घर भई वैदेशिक रोजगारको शिलशिलामा दुवई रहेका खिम केसी र कुँवर लईँटेलले जुटाएको आर्थिक सहायता मृर्गौला पीडित बालिका भण्डारीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्तान्तरण गरेका हुन।

दुवै मृर्गौला फेल भई काठमाडौंमा उपचार गराई रहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम संकलनमा प्रदेश ५ को पत्रकार समाजले पनि संयोजन गरेको थियो। कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि ‘सर्वव्यापी स्वास्थ्य विमा’को व्यवस्था गरेको जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083