नागरिकता लिन झुटो विवरण पेश गर्ने स्वदेशीलाई कारबाही नगर्न सरकारसँग नेता ‘कर्ण’को माग

4.32K
shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले नागरिकता लिन ‘झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई’ दण्डसजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आफ्नो नागरिकता लिन झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई दण्डसजाय दिने प्रावधान गलत भएको दावी गर्दै तत्काल हटाउन सरकारसँग माग गरेका हुन् ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले अशिक्षालगायतका कारण नागरिकता लिन झुटो विवरण पेश गरेको हुन सक्ने उल्लेख गर्दै त्यसमा दण्डनै दिने कानुनी व्यवस्था राख्न नहुने तर्क गरे ।

विधेयकमा झूटा विवरण पेश गरेर नागरिकता लिन खोज्ने र दिने दुवैलाई दण्डित गर्ने प्रावधान राखिएको छ । स्वदेशी नागरिकको हकमा त्यो प्रावधान सही नभएकाले त्यसलाई तत्काल हटाउन नेता कर्णको सुझाव छ । झुटा विवरण पेश गरेर नागरिकता लिने विदेशी नागरिकलाई दण्डसजायको व्यवस्था गर्ने कानुनी प्रावधान भने हटाउन नहुने पनि नेता कर्णले स्पष्ट पारे ।


Mitsubishi Long Ad