मुख्यमन्त्री को आदेश नमान्ने प्रदेश सचिव

4.71K
shares

पोखरा । दुई दिन बसेको प्रदेश समन्वय परिषदको दोस्रो बैठक सकिए लगत्तै बुधबार साँझ ५ः३० बजे पत्रकारहरू

पोखराको होटल ग्राण्ड पुगेका थिए । २६ बुँदे निर्णय गरेर सम्पन्न भएको उक्त बैठकबारे बुझ्न पत्रकारहरू सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री कहाँ पुगे । मन्त्री बस्नेतले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सँग अनुमति लिएर त्यहाँ रहेका कर्मचारीहरू लाई निर्णय फोटोकपी गरेरै दिन आग्रह गरे ।

प्रमुख सचिव लक्ष्मीराम पौडेल आएर निर्णय नदिन कर्मचारीहरूलाई आग्रह गरे । पत्रकारहरूले मुख्यमन्त्रीज्यूको आदेशमा मन्त्रीज्यूले दिनु भन्नुभएको छ भने पनि उनले निर्णय नदिन भन्दै कर्मचारीहरूलाई निर्देशन दिए । केही बेर पत्रकारहरुसँग चर्काचर्की नै परेपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेत आएर सहजीकरण गरी गर्नुपर्‍यो । त्यसपछि मात्र निर्णय दिइएको थियो ।
मुख सचिव लक्ष्मीराम पौडेलले सूचना लुकाउन खोजेको यो पहिलो घटना होइन । केही समय अघि देशभरिकै मुख्यमन्त्रीहरुको भेलाले गरेको निर्णय दिन पनि उनले आनाकानी गरेका थिए । त्यो बेला पनि मन्त्री बस्नेतले नै सहजीकरण गरेर निर्णय सार्वजनिक गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083