कम्बोडियाका चुनावी तानाशाह हुन सेनलाई काठमाडौंमा भव्य स्वागत

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०९:२२
shares

काठमान्र्डौ । गत जुलाईमा भएको संसदीय निर्वाचनमा हुन सेनले ८० प्रतिशत मत पाए । संसद्का १२५ मध्ये १०० सिट जिते । अत्यधिक मतका साथ उनी फेरि पनि निर्वाचित भए । किनकि, विपक्षी दललाई चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो । विरोधीहरूलाई हत्या गरेर, जेल हालेर र विदेश धपाएर गरिएको निर्वाचनको नतिजा पनि एकतर्फी भयो । यस्तै प्रायोजित निर्वाचनका आधारमा हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् ।
३३ वर्षदेखि शासनमा रहेका उनीभन्दा लामो समय सत्तामा रहेका ‘निर्वाचित’ नेता विश्वमा अरू कोही छैन । निर्वाचनको नाममा सत्तालाई कब्जामा राख्दै आएका उनी भ्रष्टाचार र मानवअधिकार हननका हिसाबले पनि विश्वमै दुर्नाम छन् । यसपालिको संसदीय निर्वाचनमा पर्यवेक्षकका रूपमा नेकपाका नेता माधव नेपाल कम्बोडिया पुगेका थिए । तर, यो निर्वाचनलाई संयुक्त राष्ट्रसंघले भने मान्यता दिएको छैन । नेपालमा भने हुन सेनले भव्य स्वागत पाएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन सेनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए भने सर्वसाधारणलाई ट्राफिक जाममा रोकेर उनलाई सोल्टी होटेल पु(याइएको थियो ।
संयोग अर्को के भने, आफ्नै अल्पसंख्यक सात लाख मुस्लिम नागरिकलाई देश बाहिर धपाएर विश्वकै आलोचनाको केन्द्रमा परेकी आङ सान सुकी पनि शान्ति सम्मेलनमा भाग लिन नेपाल आएकी छिन् ।
यी भिआइपीलाई छ निमन्त्रणा
नेपाल : प्रधानमन्त्री केपी ओली
फेडेरेसनका संस्थापक : डा। हक जा हन मुन
कम्बोडिया : प्रधानमन्त्री हुन सेन
कम्बोडिया : उपप्रधानमन्त्री प्राक सोखोन
म्यानमार : स्टेट काउन्सिलर आङ सान सुकी
फिलिपिन्स: उपराष्ट्रपति मारिया लियोनर
भानुआटु : मोसेस टाल्लिस
तुभालु : राष्ट्रप्रमुख लाकोबा इटालेनी
नौरु : राष्ट्रपति बारोन वाका
भारत : पूर्वप्रधानमन्त्री देवे गौडा
पाकिस्तान : पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी
कोलम्बिया : पूर्वराष्ट्रपति एन्ड्रेस पास्ट्राना
इरान : पूर्वउपराष्ट्रपति हसान घाफोरी
अफगानिस्तान : पूर्वउपराष्ट्रपति करिम खालिली
सम्मेलनमा ४५ राष्ट्रका १५ सय सहभागी
७ जना : राष्ट्ररसरकारप्रमुख तथा उपप्रमुख
५ जना : प्रथम महिला
१० जना : पूर्वराष्ट्ररसरकारप्रमुख
१ जना : उपप्रधानमन्त्री
७ जना :मन्त्री
५ जना : सभामुखरउपसभामुख
आयोजकले दिएको जानकारीअनुसार राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई सोल्टी होटेलमा बसोवासको व्यवस्था मिलाइएको छ । पूर्वराष्ट्रप्रमुख तथा पूर्वसरकारप्रमुख र सभामुख तथा सांसदहरूलाई द्वारिकाज होटेलमा राखिनेछ । भारतबाट आएका प्रतिनिधिलाई भने याक एन्ड यती होटेलमा राखिने आयोजकले जनायो ।
सम्मेलनमा राजनीतिकदेखि धार्मिक विषयसम्म छलफल हुँदै छ । सम्मेलनको मुख्य विषय ‘वर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधन स् अन्तर्निर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ छ । फेडेरेसनले सरकारको समृद्धि नारालाई सम्मेलनले सहयोग गर्ने दाबी गरेको छ । उसले जलवायु परिवर्तन र काठमाडौं घोषणासहित विशेष उद्घोषपछि सम्मेलन समापन हुने जनाएको छ ।
शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
तस्बिर रासस