कांग्रेस बैठक : विधान मस्यौदामाथिको छलफल जारी

4.39K
shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ। पार्टीको विधान मस्यौदा समितिले पेश गरेको विधान संशोधन मस्यौदामाथि आइतबार तेस्रो दिन पनि छलफल भइरहेको हो। पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आइतबारको बैठकको सुरुमा केन्द्रीय सदस्यहरु शिव हुँमागाँई, फरमूल्लाह मन्सुर, अर्जुन जोशी लगायतका नेताहरुले आ–आफनो धारणा राखेका छन्। प्रवक्ता शर्माले नेताहरुले पार्टीको पदाधिकारी संख्या, केन्द्रीय कार्य समितिको संख्या, भातृ संगठनहरुको विवाद समाधान कसरी गर्ने भन्नेलगायतका विषयमा आ–आफ्नो धारणा राखेको बताए।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रिय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौती गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ। बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083