अष्ट्रेलियाका नेपाली राजदूतको विवादास्पद भूमिकाबारे छानबिन गर्न सरकारसमक्ष कांग्रेसको माग

5.01K
shares

काठमाडौँ । नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद भूमिकाबारे तत्कालै आवश्यक छानविन गर्न सरकारसमक्ष माग गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले राजदूत शेर्पाको सम्बन्धमा केही समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको भन्दै निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई गम्भीर र दुःखद रुपमा लिएको बताएको छ।

‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ,‘ अतः तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083