एनसेलको कर प्रकरणबारे छलफल शुरु, तर अधिकांश सांसद अनुपस्थित
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १३:१३
4.65K
shares
shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा शुरु भएको छ। बैठकमा एनसेलको करबारे छलफल हुँदैछ। जसमा अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजश्व कार्यलयका सचिवलगायतका पदाधिकारीलाई बोलाइएको छ।
१२ बजेका लागि बोलाइएको समितिको बैठकमा सभापतिसहित १२ जना सांसदमात्र उपस्थित छन्। कोरम पुग्न १४ जना आवश्यक हुन्छ। तर सभापतिसहित १२ जना मात्र भए पनि छलफल शुरु गरिएको छ। बैठकमा आन्तरिक राजश्व शुल्क स्टिकरको बारेमा पनि छलफल भइरहेको छ।


















