वर्तमान सरकारको कुनै विकल्प छैन : अध्यक्ष ‘प्रचण्ड’

6.34K
shares

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नरहेको बताएका छन् ।

कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसमा मंगलबार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले अपेक्षाकृत सफलता नगरेपनि विकल्प नभएको बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारको विकल्प खोज्ने हैन, यहि सरकारलाई सफल बनाउने हो, यहि सरकारबाटै विकास र समृद्धि ल्याउने हो ।’

सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेको तर, तार्किक निष्कर्षमा पुर्याउन नसकेको स्वीकार गरे । उनले भने, ‘किन हुन सकेन हामीे समीक्षा गर्दैछौंं ।’ सरकारले देशभित्र केन्द्रित भएर नयाँ गतिका साथ विकास र समृद्धिका लागि काम गर्ने बताए ।

वैदेशिक सम्बन्ध स्थापित गर्ने, कानून बनाउन लगायतका धेरै काम भने गरेको उनले बताए । प्रचण्डले भने, ‘भारतसँग सम्बन्ध बनाउन यो सरकारले ऐतिहासिक सफलता हासिल गरेको छ, दशकौं देखिको डुबान समस्या, पूर्व पश्चिम रेलमार्ग निर्माणलगायत बारे सम्झौता भएको छ, चीन सरकारसँग ४ वटा बन्दरगाह बनाउने कुराले नेपालको परिभाषा ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्डको रुपमा परिणत भएको छ । यो दुई तिहाई सरकार भएकै कारणले मात्र हो ।’

नेकपाका अध्यक्ष प्रचण्डले आगामी बजेटमा बृद्धभत्ता बढाइने बताए । बृद्धभत्ता नबढाउँदा सरकारले काम गरेन भन्ने गुनासो आएको भन्दै उनले भने, ‘चुनावताका हामीले गरेका बृद्धभत्तासहित सबै प्रतिबद्धता पूरा गर्छौं, अझ यो वर्षको क्षतिपूर्तिसहित आउँदो वर्ष बृद्धभत्ता बढाँउछौं ।’ अर्को चुनावअघि बृद्धभत्ता ५ हजार पुग्ने उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083