प्रधानमन्त्रीसमक्ष वाम इन्जिनियरको गुनासो : हाम्रो भत्ता कटौती भयो

4.65K
shares

काठमाडौं । आगामी शुक्रबार हुन लागेको इञ्जिनियरहरुको निर्वाचनका लागि उम्मदेवारहरुको दौडधूप बढेको छ । यही क्रममा सत्तानिकट इञ्जिनियरका उम्मेदवारहरुले शनिबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर निमन्त्रणा लिएका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रगतिशील इन्जिनियर्स एसोसिएसन, नेपाल (पिन) को टिमले भेट गरेर सातवटा माग राखेको थियो ।

पुनर्निमार्णमा खटिएका कर्मचारीले खाईपाई आएको भत्ता कटौती भएर अन्याय भएको भन्दै नेकपा निकट इञ्जिनियरहरुले भत्ता कटौती गर्न नहुने माग प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए । प्रोत्साहन भत्ता सुचारु गर्न प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।

यसबारे पुनर्निर्माण प्राधिकरणबाट फाइल अगाडि बढिसकेको छ र अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको पिनका पदाधिकारीको दाबी छ । वाम इञ्जिनियरहरुले कर्मचारी समायोजनमा प्रावधिक कर्मचारीहरुलाई अन्याय भएको भन्ने आवाजसमेत प्रधानमन्त्रीसँगको भेटमा उठाएका थिए । भर्खर आएको प्रशासनिक क्षेत्रको ब्यक्तिको मातहतमा ५-६ वर्ष काम गरिरहेको इन्जिनियरले काम गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने र जो सिनियर हो उसैले नेतृत्व गर्न पाउनुपर्ने वाम इञ्जिनियरको माग थियो ।

पिनको टोलीले इञ्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न पनि प्रधानमन्त्री ओलीसँग माग गरेको थियो । यसअघि श्रममन्त्रीले गोकर्ण विष्टले चुनाव जितेर आउनुस्, त्यसपछि बसेर पारिश्रमिक तोकौंला भन्ने जवाफ नेकपा निकट इञ्जिनियरहरुलाई दिएका थिए । प्रधानमन्त्रीले पनि यसमा ‘गरौंला’ भन्ने जवाफ दिएका छन् ।

आगलागी जस्ता प्राकृतिक प्रकोपमा तुरुन्त काम गर्ने र गाउँपालिका सम्म पनि एउटा सेलको परिकल्पना गर्ने भनेर प्रधानमन्त्रीसामु वाम इञ्जिनियरहरुले प्रस्ताव राखेका छन् । यो प्रस्तावलाई पुनर्निर्माण प्राधिकरणका सीइओले सुशील ज्ञवालीले पनि सकारात्मक रुपमा लिएको पिनका पदाधिकारीको दाबी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083